रास्वपा महाधिवेशन: प्रधानमन्त्री बालेन शाह आउने बाटो विशेष रूपमा तयार पारिँदै
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ। दिउँसो २ बजे तय गरिएको उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह भरतपुर विमानस्थलमा ओर्लिसकेका छन्।
प्रधानमन्त्री शाह विमानस्थलबाट महाधिवेशनस्थलतर्फ प्रस्थान गर्ने तयारी भइरहँदा उनी हिँड्ने मार्ग र प्रवेशद्वारलाई विशेष रूपमा व्यवस्थापन तथा सजावट गरी तयार पारिँदैछ।
गएरातिको वर्षाका कारण केही स्थानमा हिलो र पानी जमेकाले प्रधानमन्त्री शाह र अन्य विशिष्ट अतिथिहरूको आगमनलाई सहज बनाउन आयोजक तथा प्राविधिक टोली बाटो सम्याउने र स्वागत मार्ग निर्माण गर्ने कार्यमा तीव्र रूपमा खटिएका छन्।
निमन्त्रणा गरिएका विशिष्ट पाहुनाहरूको स्वागतका लागि महाधिवेशन स्थल वरपरको सुरक्षा र साङ्गठनिक तयारीलाई समेत चुस्त बनाइएको छ।







डिसी नेपाल







Facebook Comment