सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड: आस्था र प्रकृतिको अनुपम संगम

डिसी नेपाल
७ असार २०८३ १४:२३

सोलुखुम्बु। नेपालको हिमाली जिल्ला सोलुखुम्बु प्राकृतिक सौन्दर्यले मात्र होइन, धार्मिक र सांस्कृतिक सम्पदाले पनि उत्तिकै धनी छ। यसै जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो- दूधकुण्ड।

दूधकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ। विशेषगरी हरेक वर्ष जनैपूर्णिमाको अवसरमा यहाँ भव्य मेला लाग्ने गर्दछ, जहाँ देशका विभिन्न क्षेत्रबाट हजारौँ भक्तजनहरू पुग्ने गर्छन्। धार्मिक विश्वासअनुसार दूधकुण्डको पवित्र जलमा स्नान गर्दा विगतका पापहरू नाश हुने र मनले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको छ।

प्राकृतिक दृष्टिकोणले पनि यो क्षेत्र अत्यन्तै मनमोहक र चित्ताकर्षक छ। नुम्बुर हिमालको काखमा रहेको यो कुण्डको थलो वरपर देखिने गगनचुम्बी सेता हिमाल, सदाबहार हरियाली वन, फराकिला चरन क्षेत्र तथा रमणीय हिमाली दृश्यहरूले यहाँ पुग्ने जो-कोहीलाई मन्त्रमुग्ध बनाउँछन्। धार्मिक अनुष्ठानका लागि मात्र नभई हिमाली पर्यावरण र पदयात्राको आनन्द लिन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत दूधकुण्ड एक उत्कृष्ट गन्तव्य बनेको छ।

तस्विरहरू : गोमा बस्नेत / नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *