अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिनका लागि बन्द

डिसी नेपाल
८ असार २०८३ १४:१०

कैलाली कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा अत्यधिक गर्मी बढेपछि आगामी चार दिनका लागि सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ।

उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार एक सूचना प्रकाशित गर्दै बढ्दो तापक्रम र तातो लहरका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयहरूमा बिदा दिनुपरेको जानकारी दिएका छन्।

सार्वजनिक गरिएको सूचनाअनुसार उपमहानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू आगामी असार ९ गतेदेखि १२ गतेसम्मका लागि बन्द रहनेछन्।

पछिल्ला केही दिनयता धनगढीसहित आसपासका क्षेत्रहरूको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेकाले जनजीवन निकै प्रभावित बनेको छ। यही चरम गर्मीका कारण विद्यालय जाने बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई कम गर्न उपमहानगरपालिकाले यो कदम चालेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *