प्रधानमन्त्री बालेनको चितवन डायरी : परिवारसहितको तस्बिर पोस्ट गर्दै भने- ‘भिजिट चितवन, न्यानो ठाउँ’

डिसी नेपाल
१० असार २०८३ ११:३४

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परिवारसहितको सुन्दर तस्बिर सार्वजनिक गर्दै चितवन भ्रमणको प्रवर्द्धन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम  राष्ट्रिय महाधिवेशनमा विशेष अतिथिका रूपमा भाग लिन चितवन पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत त्यहाँको न्यानो आतिथ्यताको खुलेर प्रशंसा गरेका हुन्।

प्रधानमन्त्री शाहले फेसबुकमा आफ्नी पत्नी सविना काफ्ले र छोरीका साथमा होटलको कोठामा खिचिएको एउटा आत्मीय पारिवारिक तस्बिर पोस्ट गर्दै छोटकरीमा “भिजिट चितवन, न्यानो ठाउँ 🙂” भनी लेखेका छन्।

राज्य सञ्चालनको अथाह कार्यव्यस्तताका बीच पनि प्रधानमन्त्री शाहले आफ्नो परिवारसँग बिताएको यो दुर्लभ क्षणको तस्बिर सार्वजनिक गरेका हुन्।

रास्वपा महाधिवेशनको विशेष माहोल र राजनीतिक चहलपहलका बीच चितवनको होटलमा फुर्सदको समय निकालेर खिचिएको उक्त तस्बिर र सकारात्मक पोस्टले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने र सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *