स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको आफैँले चलाएको सवारी दुर्घटनामा निधन

डिसी नेपाल
१३ असार २०८३ १९:४६

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा परी निधन भएको छ। शनिबार (असार १३) आफूले चलाएको गाडी दुर्घटना हुँदा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको हो।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी नगरपालिकाको वडा नं २, बांगेसल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको गाडीमा उनी सवार थिए।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माका अनुसार दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रानामगर २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट उपप्रमुखमा निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *