डोल्पाको जगदुल्लामा जिप दुर्घटना

डिसी नेपाल
२१ असार २०८३ १५:२६

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा आइतबार जिप दुर्घटनामा परेको छ।

जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप डोल्पा र जुम्लाको सिमानामा पर्ने ‘मौरे लेख’ क्षेत्रमा दुर्घटनामा परेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरीको एक टोली उद्धारका लागि घटनास्थलतर्फ परिचालन भइसकेको छ।

प्रहरीका अनुसार दुर्घटनाको पुष्टि भए पनि मानवीय क्षति लगायतका थप विवरण आउन बाँकी छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले विस्तृत जानकारी आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *