नुवाकोटको पर्यटन विकासमा सबै निकाय जिम्मेवार हुनुपर्ने

डिसी नेपाल
१२ असोज २०७६ २०:०८

काठमाडौं । नुवाकोटको पर्यटन विकासमा सरोकारवाला सबै निकायले जिम्मेवार हुनुपर्ने एक कार्यक्रममा बताइएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विश्व पर्यटन दिवसको अवसरमा गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री हितमान तामाङ्गले पनि पर्यटन विकासमा सबै निकायले आफ्नो क्षेत्रको बस्तुस्थितिलाई बुझेर पर्यटक भित्र्याउने तयारी गर्न उनले अनुरोध गरे।

उनले भने, हामी काम भन्दा पनि प्रचारमुखी बढी भएका छौं, भ्रमण वर्षलाई लक्षित गरेर सबै निकायले यहाँको भौतिक, सामाजिक तथा कुराहरुलाई झल्काउनु पर्ने बताए।

अन्र्तक्रियामा बोल्दै होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं ३ का अध्यक्ष सन्तोष उप्रेतीले सरकारी पक्षले होटेल व्यवसायलाई गरेको वेवास्था तथा साना व्यवसाथीलाई जवरजस्त थुपरिएको कर प्रणालीले समेत पर्यटन व्यवसायलाई समस्या पारेको बताए।

नुवाकोटमा रहेको आधुनिक नेपालका प्रणेता पृथ्वीनारायण शाहसँग सम्बद्ध ऐतिहासिक नुवाकोट दरवार, भैरवीदेवी मन्दिर, देवीघाट जालपादेवी मन्दिर, बेत्रावती उत्तरगया धाम, सुर्यचौर, ककनी, दुप्चेश्वर महादेव मन्दिर तथा गोरु जात्रालगायत साँस्कृतिक ठाउँहरुको सुधार गरेर प्रचार गुर्नपर्ने सरोकारवालाहरुको धारणा थियो।

होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं ३ का महासचिव दामोदर नेपालले पर्यटन क्षेत्रको विकास र व्यवसायीको हकहितका लागि सुरु भएको संघले ३ नं प्रदेशका सबै पर्यटकीय क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *