सामसङको ग्यालेक्सी A27 5G नेपाली बजारमा, प्रिमियम AI सुविधा र आकर्षक EMI अफर
काठमाडौं। सामसङले कम मूल्यमा उत्कृष्ट प्रविधि, शक्तिशाली कार्यसम्पादन र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरूलाई लक्षित गर्दै आफ्नो लोकप्रिय ग्यालेक्सी ए-सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी A27 5G’ आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ।
प्रिमियम एआई (AI) सुविधाहरूले सुसज्जित यो फोनले आधुनिक प्रविधिलाई आम उपभोक्ताको सहज पहुँचमा पुर्याउने उद्देश्य राखेको छ। सामसङ नेपालका एमएक्स बिजनेस सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार नयाँ ग्यालेक्सी ए-सिरिजले धेरैभन्दा धेरै प्रयोगकर्ताहरू माझ नयाँ प्रविधि पुर्याएर एआईलाई सबैको पहुँचमा ल्याउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ।
सामसङको आधारभूत क्षमता र ‘असम इन्टेलिजेन्स’ को संयोजनका साथ ग्यालेक्सी A27 5G ले विश्वभरका प्रयोगकर्ताहरूलाई भरपर्दो दैनिक कार्यसम्पादन प्रदान गर्ने र एआईको द्रुत विस्तारलाई बढावा दिने उनको भनाइ छ। यसका साथै कम्पनीले २४ महिनाको इएमआई (EMI) सुविधाको सुरुवात गरेर किफायतीपनलाई नयाँ परिभाषा दिँदै सामसङका सबैभन्दा उन्नत प्रविधिहरूलाई पहिलेभन्दा झनै सहज पहुँचमा ल्याएको छ, जसले ग्राहकहरूलाई कुनै पिर बिना प्रविधिको अनुभव लिन सक्षम बनाउनेछ।
डिजाइन र डिस्प्लेको कुरा गर्दा, ग्यालेक्सी A27 5G मा ७.८ एमएमको स्लिम प्रोफाइल र १२० हर्ज रिफ्रेस रेट सहितको ठूलो ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड (FHD+ Super AMOLED) इन्फिनिटी-ओ डिस्प्ले रहेको छ। यसमा अपग्रेड गरिएको पन्च-होल डिजाइन ल्याइएको छ, जसले क्यामेराको क्षेत्रलाई कम गरेर सफा र अझ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ।
यो डिभाइस लाइट ग्रीन, लाइट पिंक र ब्ल्याक गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ। कार्यसम्पादनलाई चुस्त बनाउन यसमा ४ एनएम (4nm) स्न्यापड्रैगन ६ जेन ३ (Snapdragon 6 Gen 3) मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ, जसले एपहरू स्विच गर्ने, भिडियोहरू स्ट्रिम गर्ने र एआई एप्लिकेसनहरू चलाउने प्रयोगकर्ताहरूका लागि भरपर्दो पावर प्रदान गर्दछ।
यो फोनमा दैनिक जीवनलाई सहज बनाउन ‘असम इन्टेलिजेन्स’ अन्तर्गत भ्वाइस ट्रान्सक्रिप्सन सुविधा समावेश गरिएको छ, जुन विशेष गरी विद्यार्थी, व्यवसायी र मिटिङका नोटहरू वा लेक्चरहरू रेकर्ड गर्न चाहनेहरूका लागि उपयोगी छ।
ग्यालेक्सी A27 5G ले गुगल जेमिनी र पर्प्लेक्सिटी जस्ता एआई असिस्टेन्टहरू पनि सपोर्ट गर्दछ, जसको ग्यालेरी जस्ता नेटिभ ग्यालेक्सी एपहरूमा गहिरो इन्टीग्रेसन छ। एन्ड्रोइड १६ र वान यूआई ८.५ (One UI 8.5) ओएसमा आधारित यस फोनको सुरक्षाका लागि सामसङ नक्स भल्ट (Samsung Knox Vault) राखिएको छ भने पानी र धूलोबाट जोगाउन यो IP64 प्रमाणित छ।
फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको ओआईएस (OIS) मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा-वाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सहित १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ। साथै, २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५००० एमएएच (mAh) को शक्तिशाली ब्याट्री यसमा रहेको छ। नेपाली बजारमा यो फोन दुई वटा स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको छ।
जसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ।
नयाँ फोनमा अपग्रेड गर्ने प्रक्रियालाई अझ बढी फाइदाजनक बनाउन सामसङले पुराना फोनसँग साट्ने एक्सचेन्ज सुविधा, सहज मासिक किस्ताको विकल्प र १२० जीबीको एनसेल डाटा उपहार प्रदान गरिरहेको छ।
यस विशेष अफर अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना फोन बुझाएर, पुराना फोनको मूल्याङ्कन रकमको अतिरिक्त थप ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।
यसका साथै ग्राहकहरूले नयाँ ग्यालेक्सी A27 5G लाई मात्र १ हजार ५ सय १९ रुपैयाँ प्रतिमहिनाको सहज २४ महिनाको किस्ता सुविधामा सुरुवाती डाउनपेमेन्ट बिना नै खरिद गर्न सक्छन्, जसले ग्राहकहरूलाई आफ्नो मासिक किस्ता रकम आधा सम्म घटाउने अवसर दिनेछ।






डिसी नेपाल





Facebook Comment