कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत
विराटनगर। कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अतिरिक्त लगानीका कारण प्रभावित घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणसम्बन्धी निर्देशिका–२०८३ स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले ‘सार्वजनिक खरिद नियमावली–२०८३’ पनि स्वीकृत गरेको छ। नयाँ नियमावली कार्यान्वयनसँगै प्रदेश सरकारको खरिद प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस्तै, कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन गरिएको ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको मन्त्री पराजुलीले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment