बागमती प्रदेश सरकारबाट बाहिरिँदै एमाले : मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

डिसी नेपाल
२ साउन २०८३ १५:१०

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ।

नेपाली कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि, एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो।

बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रको निर्देशन र कांग्रेसको पछिल्लो निर्णयका आधारमा सरकारबाट बाहिरिने निर्णय गरिएको पुष्टि गरे। उनले भने, ‘कांग्रेसको निर्णयपछि हामीले छलफल गर्‍यौँ। उहाँहरूले सहकार्य तोड्ने कुरा स्वीकार गरेपछि हामी सरकारबाट बाहिरिने निर्णयमा पुगेका हौँ।’

यसअघि, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्दै एमालेका ६ जना मन्त्रीलाई विनाविभागीय बनाएका थिए। मुख्यमन्त्रीको सोही कदमपछि उत्पन्न राजनीतिक परिस्थितिले गर्दा एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *