सरकारको नियतमा शंका छैन, गल्ती भए तत्काल सच्याउनुपर्छ: रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा आफूलाई कुनै शंका नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार रौतहटमा आयोजित पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारले गर्ने निर्णयहरूमा कहिलेकाहीँ व्यावहारिक जटिलता आउन सक्ने भए पनि नियत सफा भए जुनसुकै गल्तीलाई सुधार्न सकिने धारणा राखे।
मन्तव्यका क्रममा उनले सरकारको निर्णयमा समस्या देखिए त्यसलाई करेक्सन (सुधार) गर्न सकिने तर नियत नै खराब भएमा भने सुधार गर्न असम्भव हुने बताए।
कतिपय अवस्थामा किसानकै हितका लागि गरिएका निर्णयहरू पनि व्यवहारमा लागू हुँदा उल्टो परिणाम आउन सक्ने तर्फ सचेत गराउँदै उनले त्यस्ता विषयहरूलाई सरकारले समयमै सच्याउनुपर्नेमा जोड दिए।
लामिछानेले सरकारका कामकारबाहीबाट जनता वा किसान वर्गलाई कुनै पनि प्रकारको हानि पुगेको खण्डमा तत्कालै कदम चालेर कमजोरी सुधार्नुपर्ने बताए।
यसका साथै, आफ्नै पार्टी रास्वपा पनि कथमकदाचित गलत बाटोमा अघि बढेको खण्डमा सजग रहन र तत्काल खबरदारी गर्न उनले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन्।






डिसी नेपाल





Facebook Comment