पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम

डिसी नेपाल
२ साउन २०८३ १८:१६

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तीर्थ गौतमले पार्टी सभापति गगन थापाले मनोमानी ढंगले पार्टी सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको तयारीबारे आयोजना गरिएको अन्तरक्रियापछि नेपाल न्यूज बैंकलाई प्रतिक्रिया दिंदै गौतमले पार्टीभित्र लामो समयसम्म आफूहरू पर्खिएपनि नेतृत्वले कुनै सुनुवाइ नगरेको बताए।

उनले भने, ‘पार्टी सभापति गगन थापा मनोमानी ढंगले अघि बढिरहनुभएको छ। हामीले धेरै समयसम्म कुर्यौं। उहाँले पार्टी पुस्तान्तरण भयो भन्नुभयो तर पुस्तान्तरण हुँदाहुँदै हामीजस्ता युवालाई समेत पाखा लगाइयो। पार्टीका साथीहरू विक्षिप्त भए, पार्टीमा रहन सक्ने अवस्था पनि कमजोर हुँदै गयो। त्यसैले हामी ढंगबाट अगाडि बढिरहेका छौं।’

नेविसंघ र तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता गौतमले आगामी १५ औं महाधिवेशनका लागि थापा नेतृत्वको समूह एकलौटी रुपमा अगाडि बढिरहेको आरोप लगाए।

गौतमले पार्टीको हितका लागि आफूहरूले धैर्य गर्दै नेतृत्वको निर्णयको प्रतीक्षा गरेको भएपनि चार महिनासम्म कुनै ठोस निष्कर्ष नआएको दाबी गरे। उनले पार्टीका साथीहरू विक्षिप्त अवस्थामा रहेको सुनाए।

थापाले वार्ताको नाटक गरेर गुटका मान्छेलाई अगाडि बढाएकाले आफूहरु फरक ढंगले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए। गौतम उदयपुरका सक्रिय कांग्रेस नेता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *