हेटौंडाको यातायात कार्यालय अगाडि पुरुष रक्ताम्य अवस्थामा मृत फेला, मृतकसँगै रहेकी महिला फरार

डिसी नेपाल
१० साउन २०८३ ११:५६

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। मृतकको पहिचान मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको छ।

घटनास्थलमा रगत फेला परेको र घटनापछि मृतकसँगै रहेकी एक महिला फरार भएकाले प्रहरीले उनको खोजी तीव्र बनाएको छ। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री आफैँ घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन्।

प्रहरीले घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण संकलन, प्रत्यक्षदर्शीहरूसँग सोधपुछ तथा अन्य प्राविधिक अनुसन्धान तीव्र रूपमा अघि बढाएको छ। अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि टोलीसहित खटिएका छन्।

यस्तै, हेटौँडा–११ की वडा अध्यक्षले घटनास्थलमा पुगेर मृतकका आफन्तहरूसँग आवश्यक समन्वय र सहयोग गरिरहेकी छन्। घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता र मृत्युको प्रकृतिबारे थप अनुसन्धान भइरहेको र आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *