प्रधानमन्त्री ओलीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना व्यक्त

डिसी नेपाल
१४ असोज २०७६ ९:३४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिएका छन् । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *