‘पाथीभरा माता’ भनेर चिनिने युवक सुर्खेतबाट पक्राउ
सुर्खेत । धर्मको नाममा मानिसहरूलाई दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभरा माता’ नामले चिनिने एक युवक सुर्खेतबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा महिलाको भेषमा प्रस्तुत हुने वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक बस्ने अन्दाजी २३/२४ वर्षीय समीर थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार उनलाई बुधबार बेलुकी ८ बजेतिर नियन्त्रणमा लिइएको हो। उनले झारफुक तथा हेराई-मनाई गर्ने बाहनामा एक महिलालाई निर्घात कुटपिट गर्दै अपशब्द प्रयोग गरेको र खुट्टाको पैतला चटाउन लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उक्त घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment