शिक्षामन्त्री र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता, विद्यालयमा चेस प्रवर्द्धनबारे छलफल

डिसी नेपाल
१८ साउन २०८३ १५:२४

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल-मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले चेस खेलको विकासका लागि मंगोलियासँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका थिए। पूर्वप्रधानमन्त्री जान्दानशातारले चेसले विद्यार्थीको बौद्धिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नेपालको विद्यालय शिक्षामा चेस प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न मंगोलिया तयार रहेको बताएको मन्त्री पोखरेलको सचिवालयले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *