प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल

डिसी नेपाल
१९ साउन २०८३ ११:५६

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजेदेखि उक्त छलफल जारी छ।

प्रधानमन्त्री शाहसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।

भेटमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, विकास निर्माण तथा अन्तरसरकार समन्वयका विषयमा कुराकानी भइरहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *