हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यले पाए मन्त्री बन्ने अवसर
काठमाडौं । बागमती प्रदेश सरकारमा सत्ता समीकरण फेरिएको छ । प्रदेशमा हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएर मन्त्री पद पाएको छ । पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाइएको हो ।
प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री बिनु रायमाझी पौडेलले मङ्गलवार मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन्। बज्राचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment