मकवानपुरको तिलटारमा तरकारी बोकेको ट्रक पल्टिँदा एक जनाको मृत्यु, चालक घाइते
मकवानपुर। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२, तिलटारमा गएराति तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको छ चक्के डिब्बा ट्रक राति करिब २:३० बजे दुर्घटनामा परेको हो। वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई ट्रक सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९:१५ बजे मृत घोषणा गरेका थिए।
त्यसैगरी, दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका-९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उद्धारपछि उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment