सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, छापावाल सुन प्रतितोला २ लाख ८८ हजार पुग्यो
काठमाडौं। स्थानीय बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment