नेप्लिज सोसाइटी अफ काल्कालोको कार्यक्रममा हेल्प नेपाल नेटवर्कका अध्यक्ष बस्नेतको सम्वाेधन

डिसी नेपाल
२४ साउन २०८३ १३:१६

मेलबर्न, अस्ट्रेलिया। अस्ट्रेलियाको मेलबर्नमा सक्रिय सामाजिक संस्था ‘नेप्लिज सोसाइटी अफ काल्कालो’ ले आयोजना गरेको नियमित कार्यक्रममा ‘हेल्प नेपाल नेटवर्क’का अध्यक्ष अरूणसिंह बस्नेतले सम्वाेधन गरेका छन्।

नेपाली बालबालिकाहरूलाई आफ्नै मातृभाषा, लिपि र संस्कृति सिकाउने उद्देश्यका साथै समुदायबीच आपसमा सम्पर्क, सहकार्य र सौहार्दता अभिवृद्धि गर्न उक्त सोसाइटीले नियमित रूपमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा सहभागिता तथा मन्तव्य राख्ने अवसर जुटाइदिएकोमा हेल्प नेपाल नेटवर्कका अध्यक्ष बस्नेतले नेप्लिज सोसाइटी अफ काल्कालोका अध्यक्ष सञ्जय गौतम, महासचिव विश्वबन्धु पोखरेल तथा सृजना कुँवरलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। प्रवासमा रहेर पनि नेपाली बालबालिकाहरूलाई भाषा, संस्कार र संस्कृतिसँग जोड्न सोसाइटीले खेल्दै आएको भूमिकाको प्रशंसा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *