कोशीमा सत्ता सहकार्यको गाँठो : मन्त्रालयको संख्यालाई लिएर एमाले र नेकपाबीच विवाद
विराटनगर । सत्ता सहकार्यको सहमति गरेको नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कोशी प्रदेशमा मन्त्रालयको भागबन्डालाई लिएर समस्या देखिएको छ। हाल कोशीमा कुल ९ वटा मन्त्रालय रहेकोमा नेकपाले ४ वटा मन्त्रालय दाबी गरेको छ भने एमाले ३ वटा मात्र दिन सकिने अडानमा रहेको छ।
वर्तमान सरकारमा यसअघि कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्री रहेका थिए। सोही आधारमा नेकपाले आफ्नो दलले पनि ४ वटा मन्त्रालय पाउनुपर्ने जिकिर गर्दै आएको छ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँगको सत्ता सहकार्यका लागि ४ मन्त्रालय माग गरिएको पुष्टि गर्दै औपचारिक छलफल अघि बढ्न बाँकी रहेको बताएका छन्। उनले सोमबार हुने बैठकमा पार्टीको तर्फबाट स्पष्ट अडान राखिने र सरकारको न्यूनतम साझा कार्यक्रम तथा बजेटको पुनरावलोकनका विषयमा पनि छलफल हुने जानकारी दिए।
यता, नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने ६–३ को अनुपातमा मात्र सत्ता साझेदारी गर्न सकिने स्पष्ट पारेका छन्। आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले एमालेको भागमा ६ र नेकपाको भागमा ३ वटा मन्त्रालय पर्ने बताएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment