श्री महाकाली

हृषीकेश
३० साउन २०८३ ७:०२

“नमो देव्यै महादेव्यै शिवायै सततं नम: ।”

“देवि प्रपन्नार्तिहरे प्रसीद

प्रसीद मातर्जगतोऽखिलस्य ।

प्रसीद विश्वेश्वरि पाहि विश्वं

त्वमीश्वरी देवि चराचरस्य ॥”

काली काली महाकाली

काली कालातीत गुण-युक्ता

काली काली महाकाली

काली कालातीता महाशक्तिरूपा

सगुण साकार, सगुण निराकार

देवी निर्गुण निराकार शक्ति हुन्

देवी देवी महादेवी

देवी हामी सबैकी आधार शक्ति हुन्

महाकाली महालक्ष्मी महासरस्वती

हे काली कालातीता महाशक्तिरूपा

द्वैतरूपा अद्वैतरूपा

महाकाली निर्गुणात्मिका

काली काली महाकाली

हे काली त्रिगुणातीत शक्तियुक्ता

काली काली महाकाली

काली कालातीत गुण-युक्ता

साधक हुन् साध्य शक्ति हुन्

अचिन्त्य देवी परार्ध्य शक्ति हुन्

देवी देवी महादेवी

देवी सबैकी आराध्या शक्ति हुन्

काली काली महाकाली

काली कालातीत गुण-युक्ता

काली काली महाकाली

काली कालातीता महाशक्तिरूपा

भक्तिभावप्रिया हुन्

दुर्गा भवानी शक्ति हुन्

इच्छाशक्ति, ज्ञानशक्ति, क्रियाशक्ति

शक्ति हाम्री त्रिशक्ति हुन्

शक्ति शक्ति आदि पराशक्ति

हाम्री देवी मध्य-अन्त्य सम्पन्ना शक्ति पनि

शक्तिरूपा भगवती सबैकी महाशक्ति हुन्

“या देवि सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।

नमस्तस्यै ॥ नमस्तस्यै ॥ नमस्तस्यै नमो नम: ॥”

भक्ति ज्ञान वैराग्य

तीनै रूपा हाम्री भगवती हुन्

देवी सबैकी अहोभाग्यदात्री हुन्

देवी देवी महादेवी

देवी परम सौभाग्यदात्री हुन्

काली काली महाकाली

काली कालरात्रि महारात्रि मोहरात्रि हुन्

काली काली महाकाली

काली कालातीता महाशक्तिरूपा

महाकाली महालक्ष्मी महासरस्वती

हे काली कालातीत गुण-युक्ता

ध्येया हुन् देवी धात्री हुन्

देवी वेदमाता गायत्री हुन्

देवी मूलप्रकृति हुन् पञ्चप्रकृति हुन्

देवी देवी महादेवी

अज्ञेय देवी सर्वज्ञात्री हुन्

श्रीमहाकाली मोक्षदात्री हुन्

प्रेममूर्ति देवी सबैकी मातृ हुन्

श्री महाकाली जगन्मातृ हुन्

देवी देवी महादेवी

देवी सबैकी जननी हुन्

जगज्जननी हुन्

देवी सबैकी माता हुन्

जगन्माता हुन्

“या देवि सर्वभूतेषु मातृरूपेण संस्थिता ।

नमस्तस्यै ॥ नमस्तस्यै ॥ नमस्तस्यै नमो नम: ॥”

श्री महाकाली

[email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *