कविता : जान्ने-मान्नेहरू

दिनेश घिमिरे
३० साउन २०८३ ६:४२

नबोल्नुपर्ने कुरा बोलिहाल्ने,

बोल्नुपर्ने कुरा बोल्दै नबोल्ने।

धेरै बोल्दा आफूलाई हिरो सम्झने,

के बोल्दा के हुन्छ थाहा नपाउने,

आजकलका हामी यस्तै छौ।

सम्मान गर्न जान्दै नजान्ने,

आफूलाई मात्र ठूलो ठान्ने।

उद्दण्डतालाई हिरोइज्म ठान्ने,

के गर्दा के हुन्छ थाहा नपाउने,

आजकलका हामी यस्तै छौ।

नियम-कानुन जान्दै नजान्ने,

आफूलाई मात्र जान्ने-मान्ने।

नियम-कानुनको धज्जी उडाउने,

आफ्नो धरातल आफैँ बिर्सने,

आजकलका हामी यस्तै छौ।

आफूलाई विशिष्ट कोटीमा मान्ने,

अरूलाई माखो बराबर पनि नठान्ने।

मनमा रिस र आवेग मात्रै राख्ने,

आफू केही नगर्ने, विरोध मात्र गर्ने,

आजकलका हामी यस्तै छौ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *