बाढीपीडितको पुन:स्थापना र पुनर्निरुपणका लागि अन्टिएफको ऐक्यबद्धता, सहयोगका लागि अपिल

डिसी नेपाल
१४ भदौ २०८३ १५:३१

काठमाडौं। युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन (अन्टिएफ) ले हालै नेपालमा आएको विनाशकारी बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनर्निरुपण कार्यमा जोडिन विश्वभरका नेपालीहरूलाई हार्दिक अपिल गरेको छ!

अन्टिएफका प्रवक्ता राजु थापाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महासंघले विपद्मा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

अन्टिएफले एक विश्व नेपाली तेक्वान्दो परिवारका रूपमा आफ्ना सम्पूर्ण सदस्यहरू, तेक्वान्दो समुदाय, विश्वभर रहेका नेपाली डायस्पोरा तथा खेलप्रेमीहरूलाई करुणा र एकताका साथ अघि बढ्न आग्रह गरेको छ।

आर्थिक सहयोग, अत्यावश्यकीय राहत सामग्री, स्वयंसेवा वा अन्य जुनसुकै माध्यमबाट हुने सहयोगले बाढीपीडित परिवारको पुनःस्थापना र पुनर्निर्माणमा ठूलो योगदान पुग्ने जनाइएको छ।

जन्मथलो नेपालमा परेको यस अकल्पनीय प्राकृतिक विपद्को समयमा सबै पक्षलाई कुनै न कुनै रूपबाट जोडिएर सहयोग गर्न संस्थाले हार्दिक अपिल गरेको छ।

अन्टिएफले संकटको यस परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *