भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग

डिसी नेपाल
१४ भदौ २०८३ २१:४२

हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने भएको छ।

प्रदेश कार्यसमितिले उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिए।

उनका अनुसार कार्यसमितिले बाढीपछि सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सङ्घीय र प्रदेश सरकारसँग आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा पार्टीका प्रदेशदेखि वडा र टोल तहसम्मका संरचना परिचालन गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले बताए। प्रभावित क्षेत्रमा पार्टीका संरचना र सरकारी निकायबीच समन्वय गर्न उनको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *