कांग्रेस सभापति थापा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा

डिसी नेपाल
१५ भदौ २०८३ १७:१८

नुवाकोट। नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

सोमबार बाढीले पुर्‍याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी सोमबार त्यहाँ पुगेका हुन्। सभापति थापाले नुवाकोटको देविघाट, गौरीबेसी, तारुकाघाटको दर्शन टारलगायत भैरुमकोट माबिमा बनाइएको होल्डिङ सेन्टरको समेत अनुगमन गरेका छन्। सो क्रममा उनले बाढीबाट प्रभावित भएकाहरुको गुनासो र समस्या समेत सुनेका थिए।

यसअघि सभापति थापाले धादिङको गल्छीस्थित पुल पारी कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।

अनुगमनका क्रममा थापाले बाढीले पुर्‍याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था र विस्थापित भएका परिवारहरूको समस्याबारे जानकारी लिएको काँग्रेस नेता जगदिश्वर नरसिंह केसी जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *