गण्डकी प्रदेशमा नेसपाका फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी, आजै शपथ गराइने

डिसी नेपाल
१७ भदौ २०८३ १२:०७

पोखरा। गण्डकी प्रदेश सरकारमा नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरूमध्ये नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई आजै मन्त्री नियुक्त गरी बिहान ११:३० बजे शपथ ग्रहण गराउने तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार आज एक जना (फणिन्द्र देवकोटा) लाई मात्रै मन्त्रीका रूपमा शपथ गराउने तयारी रहेको छ। देवकोटालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे आधिकारिक टुङ्गो लागिसकेको छैन। ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेसपाबाट फणिन्द्र देवकोटा मात्र एकमात्र सांसद हुन्।

एमालेका चार मन्त्रीहरूले राजीनामा दिएपछि गण्डकी प्रदेश सरकारमा हाल भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था, कृषि तथा सहकारी, स्वास्थ्य र उद्योग तथा पर्यटन मन्त्रालय रिक्त रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *