‘साँढे’ चुनाव चिन्ह दिएको भन्दै राप्रपाको आपत्ति
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह गाईसँग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीलाई निर्वाचन आयोगले प्रदान गरेकोमा आपत्ति जनाएको छ।
शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको छ।
आफ्नो पार्टीको चुनाव चिन्हसँग मिल्दोजुल्दो ‘साँढे’ चुनाव चिन्ह दिएकोमा पार्टीको आपत्ति रहेको तामाङले बताए।
आयोगले यो निर्णय सच्याउनु पर्छ–तामाङले भने। एउटा पार्टीको चुनाव चिन्हसँग मिल्ने चिन्ह अर्को पार्टीलाई दिने बिषय अनुचित भएको तामाङले बताए।
आगामी उपनिर्बाचनमा गाईसँग मिल्दोजुल्दो गोरु, अर्ना, भैसी, घोडा जस्तो चुनाब चिन्हले मतदानमा अन्यौल हुने हुँदा यस बिषयमा निर्वाचन आयोगले उप निर्वाचन अघि नै निर्णय गर्नुपर्ने राप्रपाले जनाएको छ।
राप्रपाको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष तामाङ, प्रवक्ता सुशील श्रेष्ठ, सहायक महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य बिजय खड्का थिए।
प्रमुख आयुक्त थपलियाले यस बिषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र सच्याउनु पर्ने पक्षहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेको प्रतिनिधिमण्डलका सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment