महरा-राेशनी प्रकरण : दोषीमाथि कार्वाही नगरेकोमा सरकारप्रति देउवाको आक्रोश

डिसी नेपाल
१८ असोज २०७६ १३:५९

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कार्वाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कार्वाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे।

‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ। दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको  भन्दै सरकारलाई प्रश्नसमेत गरे।

‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भईरहेको छ,’ सभापति देउवाको भने, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन्।’

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढ्दा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी पनि गरेका छन्।

सोही कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गरेका छन् । उनले महंगीले ‘अन्तरिक्ष’ छुन लाग्दा पनि दुई तिहाइको घमण्डमा रमारहेको वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम चाल्न नसकेको बताए ।

नेता सिंहले जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *