आजको राशिफल: १२ वटै राशिका लागि दिन कस्तो छ?

डिसी नेपाल
२४ भदौ २०८३ ६:१३

मेष आम्दानीका हिसाबले आजको दिन शुभ रहनेछ। दाजुभाइको सहयोगमा रोकिएका काम बन्नेछन् भने शिक्षातर्फ उत्साह बढ्नेछ। पुरानो लगानीबाट राम्रो प्रतिफल मिल्ने देखिन्छ। यद्यपि, परिवारलाई पर्याप्त समय नदिँदा सामान्य मनमुटाव हुन सक्छ।

वृष दिन मध्यम प्रभावको छ। बोल्दा संयम अपनाउनुहोला भने साथीभाइसँगको सहकार्यमा सतर्क रहनु उत्तम हुन्छ। धनको पछि लाग्दा सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने भएकाले विचार पुर्‍याउनुहोला। पारिवारिक सहयोग भने निरन्तर पाइनेछ।

मिथुन समग्रमा दिन राम्रो छ। आफन्तसँगको कारोबारबाट लाभ मिल्नेछ भने व्यापारमा नयाँ लगानी गर्ने आँट आउनेछ। राजनीतिबाट टाढै रहनु उपयुक्त हुनेछ। कार्यक्षेत्रमा केही आलोचना वा विरोधी स्वर सुन्नुपर्ने हुन सक्छ।

कर्कट आजको दिन सामान्य अनुकूल छ। प्राप्त सम्पत्तिको सही सदुपयोगमा ध्यान दिनुहोला। पश्चिमतर्फको लामो यात्रा नगरेकै राम्रो हुन्छ। प्रतिष्ठा जोगाउन सजग रहनुका साथै घरपरिवारका गुप्त कुराहरू बाहिर ल्याउनु हुँदैन।

सिंह आजको दिन फलदायी रहनेछ। व्यापार व्यवसायमा सुधारका सङ्केत देखिनेछन् भने शिक्षामा गरिएको लगानीले फाइदा दिनेछ। परिवारको सल्लाहमा थालिएका काम सफल हुनेछन्। प्रेम सम्बन्धमा निकटता र मधुरता आउनेछ।

कन्या दिन सामान्य रहने भएकाले ठूला नयाँ कामको थालनी नगर्नु नै बुद्धिमानी हुनेछ। सोचेका काममा केही व्यवधान आउन सक्छ। अरूको भलो गर्दा पनि जस पाउन गाह्रो हुनेछ, तर कृषि तथा पशुपालनको क्षेत्रबाट भने नाफा मिल्नेछ।

तुला आज आम्दानीका नयाँ स्रोतहरू पहिल्याउने दिन छ। शिक्षा क्षेत्रको मिहिनेतले सफलता दिलाउनेछ भने राजनीतिक वा सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा पदोन्नति वा जिम्मेवारी थपिने बलियो योग छ।

वृश्चिक आज श्रमको उचित मूल्याङ्कन हुनुका साथै स्वास्थ्यमा क्रमिक सुधार आउनेछ। प्राविधिक शिक्षातर्फको लगानीबाट राम्रो प्रतिफल पाइनेछ। धार्मिक क्रियाकलापमा सहभागी हुँदा मानसिक शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुखद रहनेछ।

धनु भाग्यको बलियो साथ रहने दिन छ। पूर्वलगानीबाट सोचेजस्तै आम्दानी हुनेछ। पुराना स्वास्थ्य समस्यामा सुधार देखिनेछ भने परिवारसँगको सम्बन्ध थप प्रगाढ र सहज बन्नेछ।

मकर पारिवारिक मेलमिलाप र खुसीको वातावरण रहनेछ। मिष्ठान्न भोजनको योग छ। परिवारको परामर्शमा गरिएका कामहरू सफल हुनेछन् भने मिहिनेतअनुसारको राम्रो नतिजा हात पार्न सकिनेछ।

कुम्भ अपठ्यारो परिस्थितिमा पनि परिवारको पूर्ण साथ पाइनेछ। यात्रा वा रमाइलो घुमघामको योजना बन्न सक्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नुका साथै वैवाहिक तथा प्रेम जीवन सुमधुर र सुखद रहनेछ।

मीन दिन मध्यम छ। टाउको वा शरीर दुख्नेजस्ता सानातिना स्वास्थ्य समस्या देखिन सक्छन्। पढाइलेखाइमा आलस्य गर्दा घाटा हुनेछ। तर परिवारको साथ लिएर काम गर्दा सोचेका योजनाहरू भने सहजै पूरा हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *