बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नुवाकोट पुगे
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र राहत तथा उद्धार कार्यको अनुगमन गर्न नुवाकोट प्रस्थान गरेका छण् । पार्टीभित्रको संस्थापनइतर पक्षका शीर्ष नेताहरूलाई समेत साथमा लिएर देउवा आज बिहान सवा ११ बजे नुवाकोट पुगेका हुन् ।
देउवासँगै कांग्रेस नेताहरू डा. शशांक कोइराला र प्रकाशमान सिंह पनि प्रभावित क्षेत्रको अनुगमनका लागि नुवाकोट पुगेका छन् । भ्रमणका क्रममा नुवाकोटका कुन-कुन प्रभावित क्षेत्र तथा बस्तीहरूमा पुग्ने भन्नेबारे विस्तृत तालिका भने सार्वजनिक भइसकेको छैन।
यसअघि नेपाली कांग्रेसका सभापति गगन थापाले पनि बाढी प्रभावित नुवाकोट क्षेत्रमा पुगेर भौतिक क्षति तथा राहत कार्यको स्थलगत अवलोकन गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment