विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाका बाढीपहिरोबाट विस्थापित परिवारको अवस्थाबारे जानकारी लिँदै प्रदेश सरकार पीडित नागरिकको साथमा रहेको बताएका छन्।
मुख्यमन्त्री थापाले आज कपनस्थित घोसर (यल्लो) गुम्बामा आश्रय लिएर बस्नुभएका रसुवाका बाढीपहिरोबाट विस्थापित १७५ घरधुरीका ५२० जना नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका पीडा, समस्या, गुनासा र तत्कालका आवश्यकताबारे जानकारी लिएका हुन्।
विपद्का कारण घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाउनुपरेको अवस्थामा पीडितको पीडा सुन्नु मात्र नभई राज्यको जिम्मेवारी र साझा दायित्व भएको उनले बताए।
मुख्यमन्त्री थापाले पीडित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्यलगायत अत्यावश्यक सेवा उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दीर्घकालीन पुनःस्थापना तथा पुनःनिर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment