मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुर्खेत। सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० बरिपाटीका ५५ वर्षीय आशा बुढा रहेका छन्। सडकपेटीमा हिँडिरहेका बुढालाई मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते बुढालाई उपचारका लागि माया नर्सिङ होम लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment