प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब मौज्दात, भोटेकोशी बाढीपीडितलाई १ अर्ब निकासा

डिसी नेपाल
३० भदौ २०८३ ११:०८

काठमाडौं।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्मको अद्यावधिक विवरणअनुसार कोषका विभिन्न नौवटा स्वदेशी बैंकहरूमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ संकलन भएको छ।

यस्तै, कोषअन्तर्गत दुईवटा बैंकमा खोलिएका डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।

यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि कोषबाट रु एक अर्ब निकासा गरिएको छ।

उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पीडितसमक्ष पुर्‍याउने गरी उपलब्ध गराइएको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *