जसपा नेपालद्वारा राहत कोषमा २१ लाख जम्मा

डिसी नेपाल
३० भदौ २०८३ १६:२१

काठमाडौं। भोटीकोशीको बाढीबाट पीडित भएका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपियाँ जम्मा गरेको छ।

जसपा नेपालका महासचिव प्रकाश अधिकारी डा. सुरेन्द्रकुमार झा तथा विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग सङ्कलन समितिका संयोजक तथा पार्टी सचिव शैलेन्द्र साहसहितका टोलीले मङ्गलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेको हो।

जसपा नेपालले एक विज्ञप्ति जारी गरी विपद् प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सञ्चालित अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ।

पार्टीको कोषमार्फत यस अभियानमा आर्थिक योगदान गर्ने जसपा नेपालका विभिन्न समितिलाई जसपा नेपालले धन्यवाद दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *