राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

डिसी नेपाल
१ असोज २०८३ १२:३६

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक निकायले प्रत्येक वर्ष आफूले गरेका कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही प्रावधान अनुसार आयोगले आफ्नो वार्षिक गतिविधि तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *