इलाममा बोलेरो पल्टिँदा चालकको घटनास्थलमै मृत्यु
इलाम। इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
देउमाई-१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १-०१-००१ ज ३७०६ नम्बरको बोलेरो अनियन्त्रित भई पल्टिँदा स्थानीय ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार गाउँको भित्री कच्ची सडकमा दुर्घटना भएपछि बोलेरोले किचेर चालक बस्नेतको घटनास्थलमै ज्यान गएको हो।
स्थानीयवासीले दुर्घटनाबारे प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको टोलीले गाडीमा चालक मात्र सवार रहेको भेट्टाएको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment