नर्थ क्यारोलाइनामा नेपाली व्यवसायीद्वारा २ करोड ३० लाख डलरको चेन होटल सञ्चालन

डिसी नेपाल
९ असोज २०८३ १९:०९

अमेरिका। अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली व्यवसायीहरूको समूहले प्रसिद्ध अमेरिकन चेन होटल ‘लाकिन्ता इन एन्ड हनथ्रोन एक्सेन्डेड स्टे’ सञ्चालनमा ल्याएको छ। नर्थ क्यारोलाइनाको मेबेन शहरमा सेप्टेम्बर २४ मा आयोजित एक विशेष समारोहका बीच होटलको औपचारिक उद्घाटन गरिएको हो।

२ करोड ३० लाख अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँभन्दा बढी) को लगानीमा निर्माण भएको १०३ कोठाको यस होटलमा दुईवटा ब्रान्ड एउटै भवनबाट सञ्चालन हुनेछन्।

अलामान्स चेम्बरले आयोजना गरेको उद्घाटन समारोहमा गैर-आवासीय नेपाली व्यवसायीहरू सुमित सञ्जेल, सुधीर मरहठ्ठा र राधेश पण्डितले संयुक्त रूपमा रिबन काटेर होटलको शुभारम्भ गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै साझेदार राधेश पण्डितले जग्गा खरिद, अनुमति, निर्माण हुँदै उद्घाटनसम्म आइपुग्न आठ वर्ष लागेको बताए। यो उनीहरूको लगानीकर्ता समूहको स्वामित्व र सञ्चालनमा रहेको आठौँ होटल हो। अर्का लगानीकर्ता सुमित सञ्जेलले होटलको सुरुवातसँगै पाहुनाहरूबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको जानकारी दिए।

कार्यक्रममा अलामान्स चेम्बरकी अध्यक्ष रेगन सी. गुराल, अलामान्स काउन्टी बोर्ड अफ कमिसनर्सकी अध्यक्ष केली एलेन र मेबेनका मेयर एड हुक्सलगायत स्थानीय अधिकारीहरूले नयाँ लगानीको स्वागत गर्दै प्रशंसा गरेका थिए।

पछिल्लो समय अनुकुल मौसम, गुणस्तरीय शिक्षा र रोजगारीका अवसरका कारण नर्थ क्यारोलाइनामा नेपालीहरूको जनसङ्ख्यासँगै लगानीसमेत द्रुत गतिमा बढिरहेको छ।

 

Screenshot


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *