कांग्रेसको क्षेत्रीय अधिवेशनको परिवर्तन
बागमती । भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा भोलिका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ ।
पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीले आज सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ती समेतको आधारमा मकवानपुरमा पार्टीको भोलि हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते गरिने जानकारी दिए।
भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको भोलि हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रमहरू अन्य जिल्लाहरूमा पनि सारिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment