नवौं ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि श्रीप्रियालाई, साम्राज्ञी अर्गनाइजेसन च्वाइस
काठमाडौं। नवौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन्।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य उपाधिसँगै उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरिन्। प्रतिस्पर्धामा मन्नत अग्रवाल फस्ट रनरअप र सृष्टि शाह सेकेण्ड रनरअप घोषित हुँदा साम्राज्ञी भण्डारीले अर्गनाइजेसन च्वाइसको अवार्ड प्राप्त गरिन्।
विभिन्न विधागततर्फ मुख्य विजेता श्रीप्रिया अग्रवालले ‘मिस ब्युटी विथ ब्रेन’ र ‘मिस क्याटवाक’ गरी दुई उपाधि आफ्नो नाममा पारिन्। त्यसैगरी साम्राज्ञी भण्डारीले ‘मिस इन्टीलेक्ट’, ‘मिस पब्लिक च्वाइस’ र ‘मिस एक्टिभ’ जितिन् भने मन्नत अग्रवाल ‘मिस मल्टीमिडिया’ तथा ‘मिस पर्सनालिटी’ र रिद्धि शाह ‘मिस पपुलर’ तथा ‘मिस ब्युटीफूल हेयर’ घोषित भए।
यस्तै सृष्टि शाह ‘मिस फोटोजेनिक’, मानवी राजवंशी ‘मिस ट्यालेन्ट’, दक्षिता यादव ‘मिस डिसिप्लिन’, कृपा गौतम ‘मिस फ्रेण्डसिप’, सृष्तिजा कोइराला ‘मिस स्माइल’, निविका गुप्ता ‘मिस ब्युटीफूल आइज’, जागृति शाह ‘मिस अनेस्ट’, गेस्ना संग्रौला ‘मिस क्युट’, सिद्धि शाह ‘मिस बब्ली’ र नम्रदा चौधरी ‘मिस आउटस्टेण्डिङ परफरर्मेन्स’ घोषित भए।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यू सृष्टि दैनिकका अध्यक्ष शंकर खरेल, उद्घोष दैनिकका अध्यक्ष बन्धु पोखरेल, सोम्स कलेजका अध्यक्ष रोशन घिमिरे र ‘मिस कोशी २०२५’ की विजेता एवं मोडेल रजनी थापा निर्णायकको भूमिकामा रहेका थिए।
आयोजक जय मिडिया मेनेजमेन्टका अध्यक्ष जय राज रायका अनुसार अन्तिम प्रतिस्पर्धामा पुगेका सबै प्रतियोगीहरूलाई प्रमाणपत्र तथा विभिन्न उपहारहरू प्रदान गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment