टर्की जाने चार बालप्रतिभाको टुंगो लाग्यो, असोज १८ गते ‘गोल्डेन स्टार किड्स इन्टरनेसनल’को फाइनल

डिसी नेपाल
११ असोज २०८३ ९:४२

काठमाडौं। विश्वस्तरमा नेपाली बालबालिकाको क्षमता उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘गोल्डेन स्टार किड्स इन्टरनेसनल’को सेमिफाइनल शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

नेपालकै ठूलो बाल प्रतिभा शोको रूपमा अघि बढाइएको यस प्रतियोगिताबाट टर्कीमा नेपालको प्रतिनिधित्व गर्ने चार बालप्रतिभाको टुंगो लागेको छ।

प्रतियोगितामा ११ वर्षसम्मका २० जना जुनियर र १२ देखि १६ वर्षसम्मका २० जना सिनियर गरी कुल ४० बालप्रतिभा सहभागी थिए। सेमिफाइनल प्रतिस्पर्धाबाट १० जना प्रतियोगी बाहिरिएका छन् भने बाँकीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणमा स्थान बनाएका छन्।

जसअन्तर्गत डान्सतर्फ खुसी भुजेल, गायनतर्फ प्राज्ञ शिवाकोटी र पपुलर च्वाइसतर्फ श्लोक शाक्य उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानका साथ फाइनलमा प्रवेश गरेका छन्।

राइजिङ स्टार आइकनको प्रस्तुति रहेको यस प्रतियोगितामा वरिष्ठ गायक आनन्द कार्की, अभिनेत्री मिथिला शर्मा र अभिनेता रमेश उप्रेती निर्णायकको भूमिकामा रहेका छन्। आयोजकका अनुसार राष्ट्रिय मञ्चमार्फत बालबालिकाको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु यस प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज १८ गते आइतबार काठमाडौंको हेरिटेज प्लाजामा हुनेछ। फाइनलमा प्रथम हुने विजेताले नगद ४ लाख रुपैयाँसहित ३ लाख रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले नगद १ लाख रुपैयाँ र १ लाख रुपैयाँ बराबरकै उपहार हात पार्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *