चोलेन्द्रलाई पक्राउ गरिएको होइन : मन्त्री पोखरेल

डिसी नेपाल
१३ असोज २०८३ १६:४५

काठमाडौं। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबि गरेका छन्।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्नेक्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पक्राउ गरेको नभई सुरक्षा दिएको दाबि गरेका हुन्।

उनले भने, ‘स्पष्ट भइनैसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। उहाँको आफ्नो परिवारबाट नै थप सुरक्षा मागेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु भएको छ। उहाँको सुरक्षामा प्रश्न आएपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लागिएको हो। नियन्त्रणमा लागेको, गिरफ्तार गरेको होइन।’

मन्त्री पोखरेलले थ्रेट आएको भएर सुरक्षित स्थानमा लागिएको बताए। उनले जेनजीबाट थ्रेट नआएको बताउदै अज्ञात समुहबाट मोबाइलमा सन्देस पठाएर थ्रेट दिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *