कार्यवाहक राजदूत अरणद्वारा डिटी फेस्टमा सहभागी हुन डिएमभी क्षेत्रका नेपालीलाई आह्वान

डिसी नेपाल
१६ असोज २०८३ ११:३५

वासिङ्टन डिसी। संयुक्त राज्य अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद् राज अरणले आगामी अक्टोबर ११ मा आयोजना हुन गइरहेको ‘डिटी फेस्ट’ 0मा भव्य सहभागीताका लागि डिएमभी (डीसी, मेरिल्याण्ड र भर्जिनिया) क्षेत्रमा रहेका नेपाली समुदायलाई आह्वान गरेका छन्।

अक्टोबर ११ मा आयोजना हुने उक्त सांस्कृतिक तथा सामाजिक उत्सवलाई लक्षित गर्दै कार्यवाहक राजदूत अरणले एक विशेष सन्देश जारी गरेका हुन्।

सन्देशमार्फत उनले प्रवासमा रहेका नेपालीहरूबीच एकता, नेपाली कला-संस्कृतिको प्रवर्द्धन र आपसी भाइचारा अभिवृद्धि गर्न यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।

अमेरिकास्थित नेपाली दूतावासले नेपाली समुदायद्वारा आयोजित यस्ता सकारात्मक र सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। डिएमभी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई उक्त दिन कार्यक्रमस्थलमा उपस्थित भई नेपाली पहिचान, परम्परा र भातृत्वको प्रवर्द्धनमा योगदान पुर्‍याउनसमेत उनले अपिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *