ओडारमा लुकाइ राखिएका ५ नाल अवैध भरुवा बन्दुक बरामद

डिसी नेपाल
२८ असोज २०८३ २१:१६
8
Shares

काठमाडौं। सुर्खेतको चौकुने गाउँपालिका–१, केलाबोटस्थित जंगलको ओडारमा लुकाइछिपाइ राखिएका ५ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट लगाम, सुर्खेतबाट प्रहरी सहायक निरीक्षक ज्योतिष सिंहको कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा ५ नाल साबुत भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको हो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा ५ जनाको प्रहरी टोली थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि घटनास्थलतर्फ खटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *