चौध लाख बराबरको अवैध सामान बरामद

डिसी नेपाल
२८ असोज २०८३ २२:४८
12
Shares

वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामानहरु बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सशस्त्र प्रहरी बल नेपाल नेपाल बिओपी ड्राइपोर्ट, पर्साबाट खटिएको टोलीले खल्वा सीमा क्षेत्रको धान खेतमा लुकाई–छिपाई राखेको अवस्थामा सामान बरामद गरेको हो। ती सामानको मूल्य रु १३ लाख ४५ हजार ५०० बराबर रहेको सशस्त्र प्रहरी नायब उपरीवेक्षक सुरज क्षेत्रीले जानकारी दिए। बरामद गरिएका औषधि तथा औषधिजन्य सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी, पर्सा जिल्लाकै छिपहरमाई गाउँपालिका –५ भिष्वास्थित सीमा इलाकामा सशस्त्र प्रहरीले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० हजार बराबरको जुत्ता र चप्पल, प्लास्टिकको खेलौना बरामद गरेको छ। ती सामान भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *