कोका-कोलाको ‘भरौं खुसी’ अभियान: दशैंमा घर फर्किन हवाई तथा बस टिकट जित्ने अवसर
काठमाडौं। अधिकांश नेपालीका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्दै घर फर्कने र परिवारसँग भेटघाट गर्ने विशेष समय हो। तर, दशैँमा घर फर्किंदा टिकट पाउन धेरैका लागि चुनौतीपूर्ण हुने गर्दछ।
यही समस्यालाई सम्बोधन गर्दै कोका-कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ, जसको मुख्य उद्देश्य घर फर्किने यात्रालाई सहज बनाउँदै चाडपर्वको खुसी थप्नु रहेको छ।
अभियान सुरु भएदेखि नै सयौँ सहभागीहरूले हवाई (फ्लाइट) र बस टिकटका भौचर जितिसकेका छन्। भदौ १८ देखि कात्तिक २९ गते (सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सम्म चल्ने यस योजनामा अझै धेरैलाई सहभागी भई टिकट जित्ने अवसर बाँकी छ।
यसका लागि सहभागीहरूले दशैँ विशेष २.२५ लिटर र १.५ लिटरका कोक, स्प्राइट तथा फ्यान्टाका पेट बोटलमा रहेको क्युआर (QR) कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गर्नुपर्नेछ।
कोका-कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनाले नेपालीहरूका लागि दशैँमा घर फर्कनु र परिवारसँग समय बिताउनुको महत्त्व बुझेरै भेटघाटहरूलाई सहज बनाउन ‘भरौँ खुसी’ अभियान ल्याइएको बताउनुभयो।
यस अभियानअन्तर्गत कोका-कोलाका ब्रान्ड एम्बेसेडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का फिचर भएको विशेष टेलिभिजन विज्ञापन पनि प्रसारण भइरहेको छ।
उक्त विज्ञापनमा दशैँमा घर फर्कँदाका व्यग्र प्रतीक्षाका पलहरू र परिवारसँगका आत्मीय क्षणहरूलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी अध्ययन, रोजगार वा अन्य कामले गृहजिल्ला बाहिर रहेका नागरिकलाई लक्षित गर्दै यस अभियानले चाडपर्वमा प्रियजनहरूसँगको सामीप्यतालाई थप जोड दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment