प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प: निःशुल्क चेकअप, छुट र आकर्षक उपहार

डिसी नेपाल
२९ असोज २०८३ १०:२४
4
Shares

काठमाडौं। दशैंको अवसरमा ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि तयार रहन सहयोग गर्ने उद्देश्यले प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘प्रि-दशैं सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ। असोज २८ देखि ३० गतेसम्म (अक्टोबर १४ देखि १६, २०२६) भक्तपुरको राधे राधेस्थित प्रोटोन सर्भिस सेन्टरमा उक्त क्याम्प सञ्चालन हुनेछ।

दशैँमा परिवारसँग भेटघाट गर्न र गृहजिल्ला जान धेरैले लामो दूरीको यात्रा गर्ने भएकाले यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्नु अत्यावश्यक मानिन्छ। यसैलाई ध्यानमा राखेर आयोजना गरिएको क्याम्पमार्फत प्रोटोनका ग्राहकले आफ्नो सवारीसाधनको निःशुल्क जाँच गराउनुका साथै विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन्।

क्याम्प अवधिभर स्पेयर पार्ट्समा २० प्रतिशतसम्म र सर्भिसिङ तथा लेबर चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ। साथै, ग्राहकले दुई पटकसम्म निःशुल्क सवारी धुन पाउनेछन् भने सहभागी प्रत्येक ग्राहकलाई आकर्षक उपहार ह्याम्परसमेत प्रदान गरिनेछ।

चाडपर्वको यात्राअघि सवारीसाधनको आवश्यक मर्मतसम्भार गराई यात्रा सुरक्षित बनाउन र ग्राहकसँगको सम्बन्ध अझ मजबुत तुल्याउन यो क्याम्प आयोजना गरिएको जगदम्बा मोटर्सले जनाएको छ। कम्पनीले प्रोटोनका सम्पूर्ण ग्राहकलाई समयमै सवारीसाधनको जाँच गराई अवसरको लाभ उठाउन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *