घुन्सा हेलिकप्टर दुर्घटनाका मृतकहरूको सम्झनामा निर्मित अर्धसालिका

डिसी नेपाल
१ कार्तिक २०८३ ७:४१
4
Shares

ताप्लेजुङ। विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको सम्झनामा अर्धसालिका निर्माण गरिएका छन्।

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्किने क्रममा घुन्सास्थित फले पहाडमा सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । उक्त मर्मस्पर्शी दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ र संरक्षणविद् डा. तीर्थमान मास्के लगायतका ख्यातिप्राप्त व्यक्तित्वहरूले ज्यान गुमाएका थिए ।

तस्बिर : दिलकुमार लिम्बू/नेपाल न्युज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *