यस्तो छ चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको तालिका
काठमाडौं । दुई दिने भारत भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नई पुगेका छन्।
उनलाई चेन्नई विमानस्थलमा तमिलनाडुका गर्भनर बनवारीलाल पुरोहित, मुख्यमन्त्री इडापाड्डी के पलनिस्वामीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच दोस्रो अनौपचारिक शिखर सम्मेलन भारतको तमिलनाडुको महाबलीपुरमा हुँदैछ।
यस्तो छ भ्रमण तालिका
(आज शुक्रबार)
१२:३० प्रधानमन्त्री मोदी चेन्नई पुग्ने।
१२ः५५ मा हेलिकोप्टरबाट महाबलीपुरमा गए।
१ः३० मा चिनियां राष्ट्रपति सी चेन्नई पुग्ने।
१ः४५ मा एयरपोर्टबाट होटल आईटिसी ग्रैण्ड जाने र आराम गर्ने त्यहीबाट महाबलीपुरमा जाने।
५:०० महाबलीपुरमा मोदीसंगै अर्जुनकी तपस्यास्थल,पंचरथ र शोरे मन्दिरको भ्रमण गर्ने।
६:०० बजे सांस्कृतिक कार्यक्रम
६ः४५ बाट ८ बजेसम्म मोदी र राष्ट्रपति सीबीच डिनर
(भाेलि शनिवार)
१०-१०ः४० सम्म दुवै नेताबीच भेटवार्ता
१०ः५० देखि ११ः४० बीच द्धिपक्षीय वार्ता
११ः४५ देखि १२ः४५ सम्म दिवाभोज
२:०० बजे नेपालका लागि प्रस्थान
No ads found for this position

डिसी नेपाल
Facebook Comment